आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३

जिबेश र चिरञ्जीवीले ल्याए ´भाग कोराना` (भिडियो)

शनिबार, चैत्र २९ २०७६

काठमाडौं २९ चैत / विन्दास मिडिया नेटवर्क को प्रस्तुति एवम् निर्माणमा तयार भएको´ भाग कोरोना` नामक सचेतना मुलक गित सार्वजनिक भएको छ।
गितमा संचारकर्मी चिरञ्जीवी सापकोटाको शब्द र स्वर रहेको छ। नेपाली वेब सिरिजका लोकप्रिय कलाकार जिबेश गुरुङले यस गितको भिडियो लाई निर्देशन गरेका छन्। यस गितको संगित संयोजन बिपिन आचार्यले गरेका छन् भने यसको प्रोजेकट कोडिनेटर समीर नेपालले गरेका छन्। गितमा टेकेन्द्र साहको सम्पादन र छायांकन डम्बर राईको रहेको छ ।

गितमा चिरञ्जीवी सापकोटा र जिबेश गुरुङको मुख्य भुमिका रहेको छ भने रङ्गकर्मी एवम् कलाकार शिशिर भण्डारी,कलाकार दुर्गेश थापा,गायक टंक तिमल्सिना,चक्र बम,हास्य कलाकार उमेश राई (फुलेन्द्रेकि आमा) को समेत अभिनय रहेको छ।

नयाँ पुस्ताले रुचाउने गरी र्‍याप शैलीमा तयार गरिएको यो गीतमा कोरोनाका भाइरसको संक्रमणबाट जोगिन लकडाउनमा बस्न परिरहेका आम स्रोतालाई मनोरञ्जनका साथै सन्देश दिन खोजिएको छ ।
सरकारले जारी गरेको लकडाउनको बेवास्ता गर्ने, परम्परावादी सोचबाट यसलाई भगाउने भन्दै विभिन्न कर्तुत गर्ने र लकडाउनको दूरुपयोग गरी अफवाह फैलाउन खोज्नेलाईसमेत गीतबाट ब्यंग्य गरिएको छ ।
साथै आम मानिसलाई नआत्तिन, सरकारको आग्रह मान्न र जतिसक्दो आफै सचेत हुँदा यस्तो संक्रमणबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न यो गीतमार्फत् आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार