आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३

सप्तकोसी मोटरबोट दुर्घटना : तीनजनाको मृत्यु, चार बेपत्ता

आइतबार, कार्तिक ८ २०८३

काठमाडौं । भोजपुरको पौवादुम्मा गाउँपालिकास्थित खोप्चेबाट आएको मोटरबोट सप्तकोसी नदीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने चारजना अझै बेपत्ता छन्।

 

मृतकहरूको शव सुनसरीको चतारा अस्पतालमा राखिएको धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएकी छन्। दुर्घटनामा परेर नौजनाको सकुशल उद्धार गरिएको छ भने बेपत्ताहरूको खोजीकार्य जारी छ।

 

भोजपुरको खोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ जाँदै गरेको जेटबोट आइतबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै सुरुमा धनकुटाको त्रिवेणी चौकीका प्रहरीहरू उद्धारमा खटिएका थिए। त्रिवेणी चौकीबाट जानकारी प्राप्त भएपछि सुनसरीको विपद् व्यवस्थापन गुल्मबाट पनि टोली परिचालित भएको थियो। यस्तै, उदयपुरबाट पनि सुरक्षाकर्मी परिचालित भएका छन्।

 

घटनास्थलमा फोन सम्पर्क नहुँदा नियमित रिपोर्टिङ हुन नसकेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिएका छन्। हाल सशस्त्र प्रहरी बलले नै उद्धार तथा खोजीकार्यको नेतृत्व लिइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार