आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३

शेर्पा किदुक जर्मनीको अध्यक्षमा टाशी याङ्जी शेर्पा सर्वसम्मत निर्वाचित

आइतबार, कार्तिक ८ २०८३

जर्मनी,शेर्पा समुदायको सामाजिक, सांस्कृतिक तथा आपसी एकतालाई सुदृढ बनाउने उद्देश्यले आयोजित शेर्पा किदुक जर्मनीको तेस्रो अधिवेशनले टाशी याङ्जी शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
युरोप शेर्पा संघका अध्यक्ष दावा गेल्जे शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट टाशी याङ्जी शेर्पा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्। निवर्तमान अध्यक्ष निमा वाङ्छु शेर्पा र निवर्तमान महासचिव पासाङ देण्डी शेर्पा रहेको निर्वाचन मण्डलले नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न गरेको थियो।

अधिवेशनबाट उपाध्यक्षमा दावा किन्जु लामा, कान्छी शेर्पा र निमा लामा चयन भएका छन्। त्यसैगरी महासचिवमा रिन्जी लामा, कोषाध्यक्षमा डिमा निरु शेर्पा र सहसचिवमा गेल्जेन शेर्पा निर्वाचित भएका छन्।

कार्यसमितिका सदस्यहरूमा तेन्जी शेर्पा, पासाङ पुटी शेर्पा, छिरीङ शेर्पा, तेण्डी शेर्पा र ज्ञाने शेर्पा चयन भएका छन्। अधिवेशनले कुल १७ सदस्यीय कार्यसमिति चयन गरेको आयोजकले जनाएको छ।

नयाँ कार्यसमितिले जर्मनीमा रहेका शेर्पा समुदायलाई एकताबद्ध गर्दै भाषा, धर्म, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। साथै, समुदायका सदस्यबीच आपसी सहयोग, सद्भाव र सहकार्य अभिवृद्धि गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न पनि संस्थाले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

टाशी याङ्जी शेर्पाको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै जर्मनीमा शेर्पा समुदायको एकता, पहिचान र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने चुनौती र अवसर दुवै पाएको छ। सर्वसम्मत नेतृत्व चयनले संस्थाभित्रको आपसी सहमति र सहकार्यको सन्देशसमेत दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार