आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कोरोना भाइरस झन फैलिदै, मृतकको संख्या २८ हजार नाघ्यो

शनिबार, चैत्र १५ २०७६

काठमाण्डौ । विश्वभर कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनबाट मृत्यु हुने र संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । भाइरसका कारण अहिलेसम्म २८ हजारभन्दा बढिको मृत्यु भइसकेको छ । कूल संक्रमितको संख्या ६ लाख १५ हजार नाघेको छ । तिमध्ये १७ प्रतिशतको मृत्यु भएको हो । ८४ प्रतिशत अर्थात १ लाख ३७ हजार संक्रमित निको भएका छन् । उपचाररत करिब २४ हजारको अवस्था भने चिन्ताजनक छ । अहिलेसम्म १ सय ९९ राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै इटालीका नागरिकको ज्यान लिएको छ । त्यहाँ अहिलेसम्म ९ हजार १ सयभन्दा बढिको मृत्यु भएको छ ।

तर संक्रमण भने सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा अहिलेसम्म १ लाख ५ हजारमा संक्रमण भएको छ भने १ हजार ७ सयभन्दा बढिको ज्यान गएको छ । कोरोनाको उद्गमस्थल चिनमा भने ८१ हजार संक्रमित भएका छन भने ३ हजार २ सय ९५ जनाले ज्यान गुमाएका छन् । धेरै मृत्यु हुने राष्ट्रको दोस्रो नम्बरमा भने स्पेन रहेको छ । त्यहाँ ५ हजार ६ सयभन्दा बढिले ज्यान गुमाइसकेका छन् । उता इरानमा ३५ हजार संक्रमित हुँदा २ हजार ५ सयभन्दा बढिले ज्यान गुमाएका छन् ।

त्यसपछि फ्रान्सका करिब २ हजार नागरिकले ज्यान गुमाएका छन् । बेलायतमा पनि ७ सय ५९ जनाको ज्यान गइसकेको छ । त्यसैगरी नेदरल्याण्डमा ५ सय ४६, बेल्जियममा ३ सय ५३ र स्विजरल्याण्डमा करिब २ सय ४१ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा १ सय ४४ जनाको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २० पुगिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार