काठमाडौँ(जस)–एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका वडा नं. ८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त स्थानमा नयाँ भवन निर्माण गरी आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत स्थानान्तरण गरेको छ । अब सोही भवनबाट सम्पूर्ण बैंकिङ सेवाहरू प्रवाह हुनेछन् । यस नयाँ शाखासँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकको कुल शाखा संख्या १५ पुगेको छ ।
उक्त नयाँ शाखा तथा भवनको उद्घाटन धनगढी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापना भएसँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ चलायमान हुने र समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।