गोरखा । गोरखा जिल्ला सिरानचोक गाउँपालिकाको प्रशासनिक केन्द्र चित्रेपोखरी तथा त्यस वरपरका क्षेत्रहरूमा नेपाल टेलिकमको मोबाइल नेटवर्क र टेलिफोन सेवा कमजोर हुँदा स्थानीय ,जनप्रतिनिधि र सरकारी कार्यालयको दैनिक सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भइरहेको छ।
सो समस्याको समाधानका लागि गोरखा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक कवीन्द्र बुर्लाकोटीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का प्रबन्ध निर्देशकलाई पत्र लेख्दै ध्यानाकर्षण गराउनुभएको छ।
सांसद बुर्लाकोटीले सिरानचोक गाउँपालिकाका साथै गोरखाका अन्य नेटवर्क पहुँच नपुगेका स्थानहरूमा समेत तत्काल टेलिफोन टावर निर्माण गरी मोबाइल तथा इन्टरनेट सेवा विस्तार र सुदृढीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सिफारिससहित टेलिकमको ध्यानाकर्षण गराउनुभएको छ ।
