आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बाढीले शाखा क्षतिग्रस्त भएपछि नबिल बैंकको टिमुरे शाखा धुन्चेमा समायोजन

आइतबार, भाद्र २८ २०८३

काठमाडौं(जस)–बिल बैंकले रसुवाको बाढीग्रस्त क्षेत्र टिमुरेमा रहेको आफ्नो शाखा कार्यालय धुन्चेमा समायोजन गरेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण टिमुरेमा रहेको नबिल बैंकको शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि बैंकले शाखा समायोजन गरी धुन्चेबाट बैंकिङ सेवा सञ्चालन गर्न लागेको हो ।
बैंकले असोज १ गतेदेखि टिमुरे शाखाबाट प्रदान हुँदै आएका बैंकिङ सेवाहरू धुन्चे शाखाबाट उपलब्ध हुने जनाएको छ । यससँगै टिमुरेमा रहेका नबिल बैंकका ग्राहकहरूले अब बैंकिङ सेवा लिन धुन्चे पुग्नुपर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई असोज १ गतेदेखि धुन्चे शाखाबाट बैंकिङ सेवा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार