काठमाडौं(जस)–भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेकोे छ ।
विपद्को यस कठिन घडिमा प्रभावित नागरिकको राहत उद्घार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकका संचालक तथा कर्मचारीहरुको तर्पmबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्माले अर्थमन्त्रीलाई अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन् । यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमाफ्र्mत प्रभावित परिवारलाई उपलब्ध गराइएको थियो ।
त्यसैगरी प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक समेत हस्तान्तरण गरिएको छ । ‘प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पर्क विहिन नागरिकहरुहरुको शीघ्र उद्धार तथा घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै विपदबाट प्रभावित सम्पपुर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गर्दछा’, बैकले भनेकाो छैै । प्रभु बैंकले विपद्को यस कठिन घडिमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्घता पनि व्यक्त गरेको छ ।