काठमाडौं(जस)–एभरेष्ट बैंक लिमिटेडले ३२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२र८३ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । बैंकको सञ्चालक समितिले आगामी असोज १४ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।
साधारणसभामा सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ । उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।
त्यस्तै, साधारणसभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरण पारित गर्ने लगायतका प्रस्तावमा समेत छलफल गरी निर्णय गर्नेछ । लाभांश तथा साधारणसभा प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।