मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

आर्सनल एफए कपको चौथो चरणमा

मंगलबार, पुष २२ २०७६

काठमाडौं(एजेन्सी)– इङ्लिस प्रिमियर लिग क्लब आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । घरेलु मैदानमा आर्सनललाई जिताउन रेइस नेल्सनले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । नेल्सनले ५५औं मिनेटमा गरेको गोलनै आर्सनलको जितमा निर्णायक बन्यो । लिड्सले पनि गोल गर्ने राम्रा अवसर गुमाएको थियो । चौथो चरणमा आर्सनलले बर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार