सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

आइसिएफसी फाइनान्सको नाफा घट्यो

सोमबार, साउन १८ २०८३

काठमाडौं(जस)–आईसिएफसि फाइनान्स कम्पनीले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा लगायतका सूचकहरूमा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म यस कम्पनीले २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३३ करोड ३० लाख रुपैयाँ रहेको थियो । कम्पनीको नाफा एक वर्षमा २०.६७ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ५९ करोड ४३ लाख रुपैयाँबाट बढेर ६४ करोड ५४ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ८१ करोड १३ लाख रुपैयाँबाट घटेर ८० करोड ६९ लाख रुपैयाँमा झरेको छ । यता सञ्चालन मुनाफा पनि ४७ करोड ४८ लाख रुपैयाँबाट घटेर ३७ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ भने वितरणयोग्य मुनाफा १४ करोड १७ लाख रुपैयाँ कायम भएको छ ।
प्रतिसेयर आम्दानी २८.१४ रुपैयाँबाट २२.३३ रुपैयाँमा झर्दा एनपीएल १.८४ प्रतिशतबाट १.५५ प्रतिशतमा झरेको छ । चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा ९१ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले १८ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ अर्ब २३ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.३२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार