बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आन्तरिक रोजगार सिर्जना गर्नेगरी कार्यसम्पादन गर्न श्रम मन्त्रीको निर्देशन

बिहिबार, साउन १४ २०८३

काठमाडौँ(जस)–युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी आर्थिक वर्षभित्र एक लाख रोजगार सिर्जना गर्नुपर्ने बताउँदै यसका लागि मन्त्रालयअन्तर्गतका सबै निकायलाई सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा आयोजित गत आव २०८२÷८३ को मन्त्रालय र यसअन्तर्गतका निकायबाट सम्पादन भएका कार्यहरूको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा मन्त्री यादवले आन्तरिक रोजगार सिर्जना गर्न अन्तरमन्त्रालय समन्वयमा जोड दिनुपर्ने धारणा राखे ।
मन्त्रालयले एक वर्षभित्रमा एक लाख युवालाई रोजगार सिर्जना गर्ने लक्ष्य रहेको जनाउँदै यसअन्तर्गत हालसम्म २३ हजारले रोजगारी प्राप्त गरिसकेका मन्त्री यादवले बताए । आन्तरिक रोजगार महाशाखालाई निर्देशन दिँदै उनले भने, “आन्तिरिक रोजगार वृद्धि गर्नु सरकारको पहिलो प्राथमिकता हो । यसलाई महत्वपूर्ण ठानेर काम गरौँ ।” उहाँले रोजगार नीति र रोजगार ऐनसमेत यथाशीघ्र बनाउन निर्देशन दिए ।
मन्त्री यादवले ७५३ वटै पालिकामा कार्यरत रोजगार संयोजकको भूमिका बृहत् बनाउँदै अनलाइन श्रम स्वीकृत प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे । उनले हालसम्म १९ प्रतिशत पुँजीगत खर्च भएको जनाउदै यसको दायरा वृद्धि गर्नसमेत निर्देशन दिए । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा पुस्कर मल्लले कार्यसम्पादन गर्दा आइपर्ने समस्याको उजागर गर्नुभन्दा समाधानको गाँठो फुकाउने गरी प्रक्रिया अगाडि बढाउन आग्रह गरे । उनले मन्त्रालयको कार्ययोजनाले १६औँ पञ्चवर्षीय योजनाको उद्देश्यपूर्तिमा सघाउ पु¥याउनुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव डा दीपक काफ्लेले विकास कार्यक्रमलाई पारदर्शी, प्रभावकारी, जनमुखी बनाउँदै समयमा सम्पन्न गर्नुपर्ने बताए । उनले युवाको क्षमता विकासका क्षेत्रमा काम गर्नुपर्ने बताउँदै यसका लागि युवाको व्यक्तिगत विवरण तयार पानुपर्ने जानकारी दिए । उनले निर्धारित बजेट कार्यान्वयनका लागि प्रत्येक कामको कार्ययोजना र तालिका बनाएर कार्यसम्पादन गर्न सम्बन्धित शाखालाई निर्देशन दिए । बैठकमा सहसचिव बाबुराम भण्डारीले गत आव २०८२÷८३ को वार्षिक प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार