मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

न्युजिल्याण्डविरुद्धको टेस्ट सिरिज अस्ट्रेलियाद्वारा क्लिन स्विप

सोमबार, पुष २१ २०७६

काठमाडौं(जस)–अस्ट्रेलियाले न्युजील्याण्डविरुद्धको टेस्ट सिरिज क्लिन स्विप गरेको छ । अस्ट्रेलियाले तीन टेस्टको सिरिज ३–० ले जितेको हो । जारी तेस्रो टेस्टको चौथो दिन अस्ट्रेलिया २७९ रनले विजयी भएको छ । ४१६ रनको लक्ष्य पछाएको न्युजील्याण्ड दोस्रो इनिंगमा १३६ रनमा अल आउट भएको हो । न्युजील्याण्डका लागि दोस्रो इनिंगमा कोलिन डि ग्रान्डहोमले सर्वा्धिक ५२ रन बनाए भने रोज टेलरले २२ रन बनाएका थिए । अस्ट्रेलियाका बलर नाथन लियोनले दोस्रो पारीमा पनि ५ विकेट लिदै यस टेस्टमा कुल १० विकेट लिएका थिए ।
यस अघि अस्ट्रेलियाले पहिलो पारीमा मार्नस लाबुशानेको २१५ रनको पारीको मद्धतले ४५४ रन बनाएको थियो भने दोस्रो पारीमा डेविड वार्नरको १११ रनको पारीको मद्धतले २ विकेट गुमाएर २१७ रन बनाउदा पारी घोषणा गरेको थियो । यस्तै न्युजील्याण्डले पहिलो पारीमा २५६ रन बनाएर अल आउट भएको थियो भने दोस्रो पारीमा केवल १३६ रन मात्र बनायो ।
दोहोरो शतक बनाएका अस्ट्रेलियाका लाबुशाने खेलको प्लेयर अफ द म्याच बने भने सिरिजमा ३ टेस्टका ६ इनिंगमा २ शतक र ३ अर्धशतकसहित ५४९ रन बनाएका लाबुशाने प्लेयर अफ द सिरिज बनेका छन् । यो सँगै टेस्ट च्याम्पियनसिपमा अस्ट्रेलियाको २९६ अंक भएको छ । टेस्ट च्याम्पियनसिपमा भारत ३६० अंकसहित शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार