आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ज्ञान निकेतन बास्केटबलमा ४० टिम

बुधबार, पुष १६ २०७६

काठमाडौं(जस)– ज्ञान निकेतन स्कुलको आयोजनामा १९ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिप माघ १२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जनाएका छन् । संयोजक कुँवरका अनुसार प्लस टु ब्वाइज, सिनियर ब्वाइज र जुनियर ब्वाइजमा खेल हुने छ ।
प्लस टु ब्वाइज र सिनियर ब्वाइजमा समान १६–१६ तथा जुनियर ब्वाइजमा ८ गरी जम्मा ४० टिमको सहभागिता रहने छ । प्लस टु र सिनियर ब्वाइज टिमलाई ४ समूह तथा जुनियर ब्वाइजलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
प्लस टु ब्वाइजमा टाइम्स इन्टरनेसनल कलेज डिफेन्डिङ च्याम्पियन हो । गत संस्करणको सिनियर ब्वाइज र जुनियर ब्वाइज दुवैमा आयोजक ज्ञान निकेतन पहिलो भएको थियो । माघ २० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार