आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कञ्चनपुरमा छ प्रतिशत मत बदर

सोमबार, फाल्गुन २५ २०८२

दोधारा चाँदनी, कञ्चनपुर, २५ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

क्षेत्र नम्बर १ मा ६० हजार ७८५ मत खसेकोमा तीन हजार ७३४ मत बदर भएको छ । यो क्षेत्रमा कूल एक लाख एक हजार ७२४ मतदाता रहेका थिए । निर्वाचन क्षेत्र नम्बर २ मा ६५ हजार ३४७ मत खसेकोमा चार हजार २३० मत बदर भएका छन् । यहाँ एक लाख नौ हजार ५७४ मतदाता रहेका थिए ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा ५८ हजार २०९ मत खसेकोमा चार हजार ६६३ मत बदर भएका छन् । निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले अधिकांश मतमा दोहोरो छाप लागेको र कतिपय मतपत्रमा एउटा औँठा छापसमेत पाइएको बताउनुभयो ।

गत निर्वाचनमा छ प्रतिशत मत भएको निर्वाचन आयोगले जनाएको छ । कञ्चनपुरमा तीन लाख १७ हजार ६२३ मतदाता रहेको कञ्चनपुरमा तीनवटै निर्वाचन क्षेत्रमा ५८।६७ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार