आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पिपिएलमा विराटनगर इलिमिनेटरमा, काठमाडौँ गोल्डेन्स बाहिरियो

बुधबार, पुष ९ २०७६

काठमाडौँ(जस)–नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर टाइटान्स इलिमिनेटरमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा विराटनगरले बुटवलले दिएको १३४ रनको लक्ष्य ११.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्दै प्रतियोगीताको इलिमिनेटरमा पुगेको छ । विराटनगरका लागि पुनित मेहराले ३२ रन बनाएका थिए भने मुहमद जैद आलमले २४, नोमान खानले ३५ रन बनाएका थिए । त्यस्तै लोकेस बमले १३ रन बनाएका थिए भने सुनिल धमलाले २ तथा प्रदीप ऐरीले ५ रन बनाएका थिए । त्यस्तै पुष्प थापाले अविजित १८ रन बनाएका थिए ।
बुटवलका बलर नितेश थापाले २ विकेट लिए भने कमल खत्री, हर्ष टंक र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । योसँगै विराटनगर अंक तालिकामा ४ अंकसहित रनरेटमा काठमाडौँ गोल्डेन्सलाई पछि पर्दै इलिमिनेटरमा पुगेको छ । योसँगै पोखरा पल्टन, धनगढी ब्लूज र काठमाडौँ गोल्डन्स लिग चरणबाट बाहिरिएका छन् । त्यस्तै चितवन राइनोज लिग चरणका सबै खेल जितेर सिधै फाइनलमा पुगेको छ । अब इलिमिनेटरको खेल विहिबार बुटवल ब्लाष्टर्स र विराटनगरबीच विहान ११स्३० बजे हुने छ भने फाइनल खेल शनिबार हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार