बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टीभीएस अपाचे रेसिङ एक्सपिरियन्सको पहिलो संस्करण सम्पन्न

सोमबार, माघ ५ २०८२

काठमाडौं(जस)–दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादनमा विश्वव्यापी रूपमा अग्रणी कम्पनी टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स (एआरई जीपी) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । यो कार्यक्रम टीभीएस अपाचे सिरिजको बीस वर्षे गौरवपूर्ण यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा सम्पन्न भएको हो । नेपालको पहिलो छनोट चरण काठमाडौंको सातुङ्गलस्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा आयोजना गरिएको थियो । कार्यक्रममा साठीभन्दा बढी राइडरहरू सहभागी भएका थिए भने तीन सयभन्दा बढी दर्शक तथा मोटरस्पोट्र्स पारखीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
टीभीएस एआरई जीपी कार्यक्रमले सहभागी राइडरहरूलाई सुरक्षित र रोमाञ्चक वातावरणमा व्यावसायिक रेसिङ तालिम लिन, प्रतिस्पर्धा गर्न तथा एड्रेनालिनले भरिएको रेसिङ अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको थियो । सहभागीहरूलाई टीभीएस रेसिङका अनुभवी च्याम्पियनहरूद्वारा प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरिएको थियो । नेपालमा आयोजना गरिएको यस प्रतिस्पर्धामा साठीभन्दा बढी राइडरहरूले दशवटा चुनौतीपूर्ण मोडहरू रहेको व्यावसायिक रूपमा डिजाइन गरिएको ट्र्याकमा प्रतिस्पर्धा गरेका थिए । राइडरहरूको प्रदर्शन सबैभन्दा छिटो ल्याप समयका आधारमा मूल्याङ्कन गरिएको थियो ।
च्याम्पियनसिप १६० सिसी, २०० सिसी र ३१० सिसि गरी तीन श्रेणीमा सञ्चालन गरिएको थियो । यसले विभिन्न सेग्मेन्टका राइडरहरूलाई समान अवसरमा आफ्नो रेसिङ सीप परीक्षण गर्ने प्रभावकारी मञ्च प्रदान ग¥यो । प्रत्येक श्रेणीका शीर्ष तीन राइडरहरूलाई विशाल दर्शक समूहको उत्साहपूर्ण समर्थन र प्रशंसा प्राप्त भयो । उनीहरूलाई भारतको चेन्नईस्थित मद्रास अन्तर्राष्ट्रिय सर्किटमा आयोजना हुने एआरई जीपी फाइनल्समा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिएको छ । साथै, उनीहरूलाई पच्चीस हजार रुपैयाँ नगद पुरस्कार तथा टीभीएस मोटर कम्पनीका विशेष राइडिङ गियरहरू समेत प्रदान गरिएको छ ।
छनोट चरणका विजेताहरू अब सन् २०२६ को अप्रिल महिनामा आयोजना हुने टीभीएस एआरई जीपी ग्रान्ड फिनालेतर्फ अघि बढ्नेछन् । सन् २००७ मा सुरु गरिएको टीभीएस रेसिङ एआरई जीपी च्याम्पियनसिप आज टीभीएस अपाचे राइडरहरूका लागि मनोरञ्जन, सिकाइ र प्रतिस्पर्धाको संगम बनेको एक महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित भइसकेको छ । सन् दुई हजार पच्चीसमा, यो च्याम्पियनसिप नेपाल, मेक्सिको र कोलम्बियासहित भारतका सत्र सहरहरूमा विस्तार भई विश्वभरका एक हजारभन्दा बढी अपाचे राइडरहरूलाई समेट्न सफल भएको थियो । पहिलो संस्करणको उल्लेखनीय सफलतापछि, यस कार्यक्रमले च्याम्पियनसिपलाई विश्वव्यापी मञ्चमा विस्तार गर्दै टीभीएस अपाचेका दुई दशक लामो रेसिङ डीएनए तथा नवप्रवर्तनशील पहिचानलाई सशक्त रूपमा प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार