आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पुरुष बास्केटबलमा नेपालले बंगलादेशलाई पराजित गर्दै काश्य जित्यो

मंगलबार, मंसिर २४ २०७६

काठमाडौं(जस)–१३औ दक्षिण एशियाली खेलकुद (साग) को अन्तिम दिन आज नेपालले पुरुष बास्केटबलमा बंगलादेशलाई पराजित गर्दै काश्य पदक जितेको छ । तेश्रो स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशलाई ८१–५९ को फराकिलो अन्तरले पराजित गर्दै काश्य पदक सुनिस्चित गरेको हो । समुह ए को लिग खेलमा बंगलादेशसँग पराजित भएको नेपालले सो हारको बदला समेत लिएको छ ।
नेपालको जितमा असिम श्रेष्ठले सर्वाधिक १९ अंक जोडे भने बिजय बुर्जाले १६ अंक जोडेका थिए । यस्तै कप्तान सदिश प्रधानले १५, आयुष सिँहले १३ र सौरभ श्रेष्ठले ११ अंकको योगदान दिए । योसँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा बास्केटलतर्फ चारवटै बिधामा पदक जित्न सफल भएको छ । यस अघि नेपाली पुरुष टोलीले थ्रि अन थ्रि बास्केटबलमा रजत र महिला थ्रि अन थ्रिमा काश्य जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार