काठमाडौँ । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपाली पुरुष फुटबल टिम अहिले बंगलादेशसँग खेलिरहेको छ । अहिले नेपालले खेलको ११औ मिनेटमा बंगलादेशविरुद्ध नेपालले १-० को अग्रता लिएको छ । नेपालका लागि सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् । नेपाल फाइनलमा पुग्न आज कम्तिमा बराबरी खेले पुग्ने छ । त्यस्तै भुटान साग फुटबलको फाइनलमा यस अघि नै पुगिसकेको छ ।