आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सम्पादकीय : मिडिया संग्रहालयको खाँचो

सोमबार, मंसिर ८ २०८२

तत्कालिन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्कदा वि.सं १९०८ मा नेपालमा ल्याएको पहिलो प्रेस मेसिन ‘गिद्दे प्रेस’ राष्ट्रिय संग्रहालय छाउनीबाट गोरखापत्र संस्थानमा ल्याइएको छ । यो नैं नेपालको पहिलो ऐतिहासिक प्रिन्टिङ्ग प्रेस थियो । राष्ट्रिय संग्रहालय छाउनीका प्रमुख अरुण नकर्मीले उक्त प्रेस गोरखापत्रका नायब कार्यकारी सम्पादक रामप्रसाद हुमागाईंलाई शनिबार हस्तान्तरण गरे । यही प्रेसबाट १२५ वर्ष अघि वि.सं १९५८मा पहिलो पटक गोरखापत्र प्रकाशित गरिएको थियो । बेलायतबाट नेपाल ल्याइएपछि तत्कालीन श्री ३ जङ्गबहादुरको थापाथली दरबारमा राखिएको, त्यसपछि गोरखापत्रमा पठाइएको थियो ।

विगतमा संरक्षणका लागि सो प्रेस राष्ट्रिय संग्रहालयमा पठाइएको भए पनि स्थान अभाव र जडानसम्बन्धी दक्ष जनशक्ति नहुँदा कतिपय पाटपूर्जा खुला आकाश मुनि चउरमा मै रहेका थिए भने केही स्टोरमा थन्किएका थिए । निकै जीर्ण अवस्थामा रहेको सो प्रेसका केही पाटपूर्जा गोरखापत्र संस्थान परिसरमा जमिनमा दबिएको अवस्थामा रहको अनुमान समेत गरिएको छ ।

नेपालमा वि. सं २०१८ सालमा राष्ट्रिय समाचार समिति (रासस) स्थापना भएको थियो भने वि.सं २००७ सालमा रेडियो नेपालको स्थापना भएको थियो । त्यसैगरी नेपाल टेलिभिजन वि.सं २०४१ सालमा स्थापना भएको थियो । यी सार्वजनिक संस्थानहरुका आ–आफ्नै गौरवपूर्ण इतिहास छन् । यी सञ्चारमाध्यमहरुमा बिभिन्न कालखण्डमा प्रयोग भएका सञ्चार उपकरणहरु बिज्ञान र प्रविधिको तीव्र विकाससँगै यतिबेला ‘फेज आउट’ भएर काम गर्न नसकिने अवस्थामा छन् । ती सञ्चारसामाग्रहीहरु रासस, रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्र संस्थानमा राखिएका छन् । कति सामाग्रीहरु त दिनानुदिन खिया लाग्ने, धुलो र माटोले सड्ने, माकुराको जालोले जेलिएर रहनु परेको अवस्था छ । कतिपय यस्ता इतिहास दर्शाउने बस्तुहरु राख्ने ठाउँको अभावमा त्यत्तिकै अलपत्र परेका छन् ।

पुराना बस्तुहरुको संरक्षण गर्नु सरकारको दायित्व हो । जुन संस्थानले जे सामाग्री बिगतमा प्रयोग गरेका थिए, तिनको संरक्षण गर्नु पनि तत्तत् संस्थानको दायित्व हो । यस्ता सामाग्रीहरुको रुचीपूर्ण अवलोलकन गर्न पत्रकारिता तथा आमसञ्चार क्षेत्रका विद्यार्थी तथा पत्रकारहरुले पनि चासो देखाउने गरेका छन् । तसर्थ अव बिभिन्न संस्थानमा छरिएर रहेका यस्ता सामाग्रीहरु भावी पुस्ताका लागि जोगाएर राख्न र अवलोकनका लागि सहज बनाउन यी सबै सामाग्रीहरुलाई एकै स्थानमा एकीकृत गरेर राख्नु बुद्धिमानीपूर्ण कार्य हुनेछ ।

त्यसोत ः त्रिभूवन विश्वविद्यालय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग र प्रेस काउन्सिल नेपालमा पनि यस्ता सञ्चारसँग सम्बधित ऐतिहासिक सामाग्रीहरु छन् । अब ती सबै सामाग्रीलाई एकीकृत गरी राष्ट्रिय मिडिया संग्रहालय बनाएर सबैका लागि सधैँका लागि अवलोकन गर्न सक्ने व्यवस्था मिलाउनु पर्छ ।

यतिबेला सूचना, सञ्चार तथा प्रविधिमन्त्रालयको जिम्मेवारीमा जगदीश खरेल, स्वयम् पत्रकार नै यो देशको मन्त्री छन् । उनी पत्रकारिताका विद्यार्थीसमेत भएको नाताले उनले यो कार्यको थालनी गर्नुपर्छ । मन्त्रिपरिषद्को बैठकमा यो अजेण्डा लगेर उनले अनुमोदन गराउँदै पत्रकारिताको इतिहास सधैँका लागि जोगाइराख्न उनीमा यो जिम्मेवारी र कार्यभार आएको छ । यो कार्यलाई उनले प्राथमिकताकासाथ अगाडि बढाउने हो भने उनको नाम पत्रकारिता विकास, संरक्षण र सम्बद्र्धनमा सधै शिलालेखझैँ अमिट भएर बस्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार