आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपाली महिला भलिबल टोली भारतसँग सोझो सेटमा पराजित

बिहिबार, मंसिर १२ २०७६

काठमाडौं(जस)–१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला भलिबल टोली आफ्नो दोस्रो खेलमा भारतसँग पराजित भएको छ । आफ्नो पहिलो खेलमा बुधबार बंगलादेशलाई पराजित गरेको महिला भलिबल टोली दोस्रो खेलमा बिहीबार भारतसँग पराजित भएको हो । नेपाल भारतसँग २६–२४, २५–१२ र २५–१६ को सोझो सेटमा पराजित भएको हो ।
‘वेस्ट अफ फाइभ’का आधारमा सन्चालन भएको खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो । प्रतियोगिता औपचारिक सुरु हुन चार दिन अघि नै भलिबलका खेलहरु बुधबारदेखि सुरु भएका हुन् । भलिबलको महिला र पुरुष दुवैमा समान ६ देश सहभागी छन् । भलिबलका खेलहरु त्रिपुरेश्वरस्थित कभर्डहलमा सन्चालन हुँदैछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार