आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लर्ड्स मैदानमा नेपाली क्रिकेट टिमले फेरी खेल्ने

बुधबार, मंसिर ११ २०७६

काठमाडौं(जस)–नेपाली राष्ट्रिय क्रिकेट टिमले आउदो भदौ महिनामा इङल्याण्डको प्रतिष्ठित लर्डस क्रिकेट मैदानमा फेरी एक पटक खेल्ने भएको छ । क्रिकेटको घर मानिने लर्ड्स मैदानमा नेपालले २४ अगस्ट, २०२० अर्थात २०७७ को भदौ ८ गते मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग क्रिकेट खेल्ने भएको हो । लर्डसले हालै सार्वजनिक गरेको सन् २०२० को खेल तालिकामा नेपालले फेरी एक पटक लर्ड्स मैदानमा खेल्ने तालिका सार्वजनिक गरेको छ ।
नेपालले यसअघि सन् २०१६ मा पनि लर्ड्समा एमसीसीसँग क्रिकेट खेलेको थियो भने गत बर्ष नेदरल्याण्डससँग लर्ड्स मैदानमा भएको कहल बर्षाले प्रभावित भएको थियो । एमसीसीले केहि साता अघि मात्र नेपालको भ्रमण सकेर फर्किएको छ । एमसीसीले नेपालमा रहदा अन्डर १९, राष्ट्रिय टिम र मिक्स टिमविरुद्ध खेलेको थियो भने पोखरा पुगेर समेत खेलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार