आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियनसिप हुँदै

मंगलबार, कार्तिक १९ २०७६

हेटौंडा(जस)–प्रदेश ३ को राजधानी हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियनसिप हुने भएको छ । हेटौंडा राइर्डस क्लबको आयोजनामा च्याम्पियनसिप हुन लागेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । डिसेम्बर २८ अर्थात पुसको १२ गते एक दिने च्याम्पियनसिप हुन लागेको हो ।
क्लबले विभिन्न कार्यक्रम गर्दै आइरहेको बेला भ्रमण वर्ष २०२० को अवसरमा च्याम्पियनसिप कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । च्याम्पियनसिपमा खुल्ला रुपमा जो कोहीले पनि सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ । क्लबले आन्तरिक रुपमा कार्यक्रमको तयारी गर्दै गरेको र देशभरका विभिन्न साइकलिस्टहरु च्याम्पियनसिपमा सहभागि रहने आयोजकले जनाएको छ ।
च्याम्पियनसिपमा सहभागिता जनाउन एक हजार दर्ता शुल्क लाग्ने छ । विजेताहरुलाई नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव दीनचन्द्र पौडेलले बताए । हाल सम्म कति किलोमिटर र रुटको विषयमा छलफल हुन बाकीँ रहेको सचिव पौडेलको भनाइ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार