काठमाडौं(जस)–आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता र कर्मचारीहरूले अब ‘प्रेम दरबार होटल’ मा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन् । आईएमई लाइफ र प्रेम दरबार प्रा.लि.बीच हालै सम्पन्न सहमतिपत्रअनुसार, बीमितले होटलको जिपलाइन टिकटमा ५० प्रतिशत र अन्य सम्पूर्ण सेवाहरूमा ३५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको हो । कम्पनीले ग्राहक सेवा अनुभूति थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो छुट सुविधा ल्याएको हो ।
आईएमई लाइफ मोबाइल एपमा उपलब्ध ‘प्रिभिलेज कार्ड’ देखाएर बीमितहरूले छुट लिन सक्नेछन्, भने अभिकर्ता र कर्मचारीहरूले कम्पनीको आधिकारिक परिचयपत्र प्रस्तुत गरी सेवा प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्न इच्छुकले प्रेम दरबार होटलको टिकट काउन्टरमा गएर जिपलाइन टिकट खरिद गर्नुपर्नेछ । सेवा प्रक्रिया सहज होस् भन्ने उद्देश्यले कम्पनीले डिजिटल प्रिभिलेज कार्डको प्रयोग सुरु गरेको बताइएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीका लागि सुविधायुक्त र स्तरीय सेवा प्रवाह गर्न निरन्तर विभिन्न नवप्रवर्तन ल्याइरहेको छ ।