सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

सेरेस थ्रीले जित्यो ३ वटा उत्कृष्ट ईभी अवार्ड

शनिबार, जेष्ठ ३ २०८२

काठमाडौं(जस)–सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेहिकल शो पेभ्समा आफूले हासिल गरेका गौरवपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ । अप्रिल २९ देखि सुरु भएर मे ४ मा सम्पन्न भएको इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनी ‘ईभी ल्याण्ड एक्जिबिसन’ मा सोकोनइन्डोले ‘सेरेस थ्री’का लागि फेवरेट कार लन्च, ‘सेरेस ईवान’का लागि मोस्ट अफोर्डेबल ईभी कार र ‘डीएफएसके गेलोरा ई’का लागि फेवरेट कमर्सियल भेहिकल गरी एकै पटकमा तीनवटा अवार्ड जित्न सफल भएको हो ।
यस सफलताले कम्पनीको इन्डोनेसियामा ईभी इकोसिस्टम बलियो बनाउने प्रतिबद्धता प्रमाणित गरेको छ । प्रदर्शनीमा विभिन्न ईभी मोडेलहरू प्रदर्शित गरिए पनि नयाँ जमानाका प्रोफेसनलको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको ब्याट्रीमा आधारित एसयुभी सेरेस थ्रीले ध्यान खिचेको कम्पनीले जनाएको छ ।
प्रि–बुकिङ प्रणाली मार्फत सेरेस थ्रीको अन ड रोड बुकिङ मूल्य जाकार्ता क्षेत्रभित्र आरपी ३७० र ३९८ मिलियनको बीचमा उपलब्ध गराइएको थियो । प्रदर्शनी अवधिभर कुल ७८२ वटा गाडी बुकिङ हुँदा सेरेस थ्री एक्लैले नै ३०५ युनिट बुकिङ प्राप्त गरेको थियो।यसले हाई–स्पेसिफिकेसन भएका ईभी गाडीहरूमा उपभोक्ताको ठूलो चासो रहेको स्पष्ट देखाउँछ । सेरेस थ्रीः रिमोट पावर्ड एसयुभी ५४ किलोवाट आवरको शक्तिशाली ब्याट्रीले सुसज्जित सेरेस थ्रीले ४१२ किलोमिटर दूरी तय गर्न सक्छ । गाडीको आधुनिक इन्टेरियर र लेटेस्ट सुरक्षा फिचरहरूका विशेषताहरूले सेरेस थ्रीलाई प्रोफेसनल मोबिलिटीको लागि आदर्श विकल्प बनाएको छ ।
सिलिकन भ्यालीमा स्थापना भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति कायम गरिसकेको छ भने यूरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्ड समेत बनिसकेको छ । अमेरिका, चीन, ईन्डोनेसिया, जर्मनी तथा जापानमा ६ वटा विशाल उत्पादन केन्द्र र ७ वटा अनुसन्धान तथा विकास केन्द्रहरू सञ्चालन गरिरहेको सेरेस ग्रुप चीनका नाफामा रहेका गाडी निर्माता कम्पनीहरूमध्ये एक हो । सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेको छ । सन् २०२६ भित्र सेरेसले नेपालमा ः७, ः८ र ः९ गरी तीन नयाँ ईभी मोडलहरू सार्वजनिक गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार