काठमाडौं(जस)–नेपाल स्टक एक्सजेन्ज (नेप्से)मा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । बुधबार, कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरको ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयर ‘ओएमपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाएको छ । सर्वसाधारणमा वितरण गरिएको १८ लाख कित्ता (३०%) र कम्पनीका संस्थापक संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता (७०%)गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतभएसँगै उक्त सेयर आइतबारदेखि नै कारोबारमा आउनेछ ।