सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

एयरएटिक्सद्वारा नेपालमै स्मार्ट स्टोरेज मार्केटप्लेस सुरु

बुधबार, बैशाख १७ २०८२

 

 

काठमाडौं(जस)–भारतको प्रतिष्ठित स्मार्ट स्टोरेज मार्केटप्लेस ‘एयराटिक्स’ले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । काठमाडौंको होटल एम्बेसडर लाजिम्पाटमा आयोजित समारोहकाबीच सेवा शुभारम्भ गर्दै कम्पनीले नेपाली उपभोक्तालाई डिजिटल माध्यममार्फत लचिलो भण्डारण, स्थानान्तरण र अन्तिम माइल लजिस्टिक्स सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
एयराटिक्सले प्रयोगमा नरहेका ठाउँहरूलाई डिजिटल प्लेटफर्ममार्फत उपयोगकर्तासँग जोड्ने सुविधा दिन्छ । सेवा व्यक्तिगत, व्यवसायिक तथा पर्यटक—सबैका लागि उपयोगी हुने कम्पनीको दाबी छ । कम्पनीले लगेज स्टोरेज, सामान भण्डारण, अर्डर फुलफिलमेन्ट र स्थानान्तरण सेवा प्रदान गर्दै नेपालको बढ्दो शहरीकरण र स्थान व्यवस्थापनको चुनौतीलाई समाधान गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रमको नेतृत्व गर्दै एयराटिक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आदित्य कालेले नेपालमा कम्पनीको उपस्थिति विस्तार गर्नु एक महत्वपूर्ण कदम भएको बताए । ‘स्टोरेज यो क्षेत्रकै प्रमुख समस्या हो र यही समस्याले हामीलाई एयराटिक्स सुरु गर्न प्रेरित ग¥यो ।’ उनले भने। उनले कम्पनीले अघिल्लो तीन महिनादेखि नेपालमा सेवा दिइरहेको र हालसम्म ५०० भन्दा बढी ग्राहकलाई सेवा दिइसकेको जानकारी पनि दिए । हाल एयराटिक्सको सेवा काठमाडौंमा सीमित भएपनि, निकट भविष्यमा पोखरा र बीरगञ्जजस्ता प्रमुख सहरमा पनि विस्तार गरिने कम्पनीको योजना छ । साथै, उनले नेपाली प्रयोगकर्ताहरूमा पनि भण्डारणसम्बन्धी समस्याहरू देखिएको उल्लेख गर्दै, ‘हामी यहाँ उपस्थित हुन पाउँदा निकै खुसी छौं ।’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार