सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

नेपाल मैदा उद्योग संघ र एग्रीवाच इन्डियाबीच सम्झौता

आइतबार, बैशाख १४ २०८२

काठमाडौँ(जस)–नेपाल मैदा उद्योग संघ र एग्रीवाच इन्डियाबीच नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । संघको वैशाख १२ गते सम्पन्न वार्षिक साधारण सभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा उक्त सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । संघ र एग्रीवाचसँग निम्न विषयहरूमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
क) आधुनिक प्रविधि मार्फत गहुँ बालीको अनुमान गर्ने, ख) किसानहरूको गहुँ उत्पादन क्षमता वृद्धि गर्ने
वैज्ञानिक वाली तथ्यांक, किसानहरूको समस्याको गहिरो बुझाइ, र लक्षित समाधानहरू लागु गरेर, नेपालले आगामी तीन वर्षभित्र गहुँमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने ठूलो सम्भावना राखेको संघको भनाई छ । तर, यो महत्वाकांक्षी लक्ष्य हासिल गर्न नेपाल सरकार र सबै सरोकारवाला निकायहरूको निरन्तर बलियो समर्थन र सहकार्य अत्यन्त आवश्यक रहेको संघले जनाएको छ । प्रविधि, नवप्रवर्तन र सही नीतिको माध्यमबाट किसानहरूलाई सशक्त बनाउँदै, नेपालको कृषि भविष्यलाई परिवर्तन गर्न सकिने संघले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार