सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

एक तोला सुनको मूल्य एक लाख ८९ हजार ७००

आइतबार, बैशाख १४ २०८२

काठमाडौं(जस)–आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ७०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आइतबार रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार एक तोला सुन रु एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजारमा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आइतबार प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार