मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा बलराम पौडेल नियुक्त

आइतबार, बैशाख ७ २०८२

काठमाडौं(जस)–एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् । लघुवित्तको वैशाख ७ गते बसेकोे सञ्चालक समितिको २३८औं बैठकले महालक्ष्मी –०४, ईमाडोल, ललितपुर निवासी पौडेललाई यस वित्तीय संस्थाको आगामी वार्षिक साधारण सभासम्मको लागि उक्त पदमा नियुक्त गरेको हो ।
उक्त पदमा यस अघि शशांक अग्रवालले सर्वसाधारण समूहको तर्पmबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए । नव नियुक्त सञ्चालक बलराम पौडेलको नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा सञ्चालित ‘ग्रामीण उद्यम तथा रेमिट्यान्स परियोजना’मा प्रशिक्षण विशेषज्ञ, तत्कालिन सिभिल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक, साना किसान विकास बैंक लगायत गरी बैंकिङ्ग तथा लघुवित्त क्षेत्रमा करिब ३९ वर्षको कार्य अनुभव रहेको छ ।
उनले समाजशास्त्र विषयमा स्नाकोत्तर तथा अर्थशास्त्र विषयमा स्नातकको उपाधी हासिल गरेका छन् । उनको कार्यानुभवबाट यस वित्तीय संस्थाले लिएको लक्ष्य हासिल गर्न मद्दत पुग्नुको साथै नेपालमा रहेका लघुवित्त वित्तीय संस्थाहरुको माझमा एक अग्रणी, सवल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार