काठमाडौं(जस)–बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वल्र्ड कार अवार्ड कार्यक्रम अन्तर्गत ‘वल्र्ड अर्बन कार अफ द इयर’ को उपाधि जित्न सफल भएको छ । २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो ।
यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको छ । बीवाईडी सिगलले ओसन एस्थेटिक्स डिजाइन दर्शनलाई समेटेको छ, जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ । उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी(फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ ।
यसपटक वल्र्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरुलाई यस कारको अग्रगामी डिजाइन, अतुलनीय अर्बन मोबिलिटी परफर्मेन्स र युनिभर्सल मार्केट अपिलले प्रभावित पा¥यो ।बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले भनिन्, ‘बीवाईडी सिगललाई वल्र्ड अर्बन कारकों रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो । यसले हामीले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्छ ।’
पछिल्ला वर्षहरूमा बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ । २०२४ मा बीवाईडी डल्फिनले पनि वल्र्ड अर्बन कारकै शीर्ष ३ मा स्थान बनाएको थियो भने बीवाईडी सिल वल्र्ड कार अफ द इयरको शीर्ष ३ मा पर्न सफल भएको थियो, जुन उपलब्धि अहिलेसम्म कुनै चिनियाँ अटो निर्माता कम्पनीले हासिल गर्न सकेको छैन । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले पहिले नै बीवाईडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ । कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने संकेत दिएको छ । यो मोडल नेपाली बजारमा एकदमै प्रतिक्षित रहँदै आएको छ । बीवाईडीले आगामी दिनहरूमा पनि प्रविधि र नवप्रवर्तनमार्फत हरित यातायातको भविष्य निर्माण गर्दै पृथ्वीलाई १ डिग्री सेल्सियसको दरले चिसो राख्ने अभियानमा आफ्नो योगदान निरन्तर जारी राख्ने स्पष्ट संकेत दिएको छ ।