आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मुस्लिम आयोगद्वारा एनआरएनएका प्रतिनिधिहरूलाई सम्मान

बुधबार, कार्तिक ६ २०७६

काठमाडौं । मुस्लिम आयोगले गैरआवासीय नेपाल संघ (एनआरएनए) कतारका अध्यक्षसहित पदाधिकारीहरूलाई सम्मान गरेको छ । आयोगको कार्यालय ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष समिम मियाँ अन्सारीले एनआरएनएका अध्यक्ष मुक्तजा मुसलमानसहितका एनआरएनएका प्रतिनिधिहरूलाई सम्मान गरेका हुन् ।
कतारमा नेपाली मुसलमानहरू झण्डै चालीस हजार बसोबास गर्छन् । ती नेपालहरूको अवस्थाका बारेमा अध्यक्ष अन्सारीले कार्यक्रममा चासो र चिन्ता जनाउँदै एनआरएनए कतारका अध्यक्ष मुसलमानलाई विशेष ध्यानाकर्षण गराएका थिए । मुक्तदा एनआरएनएका ८१ देशहरुमा रहेका एनसिसीहरुमध्ये एक्ला मुस्लिम संयोजक हुन् ।

कार्यक्रममा आयोगका अध्यक्ष मियाँले कतारमा रहेका नेपालीहरूको लगानी नेपालमा भित्र्याउन पनि सुझाव दिएका थिए । जवाफमा एनआरएनए कतारका अध्यक्ष मुसलमानले आफूहरू पनि नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका थिए । कार्यक्रममा शेख जिकरुल्ला, असर अली, अख्तर हुसैन, आयोगका सचिव शम्भु खड्कालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार