बुधबार, चैत्र २७ २०८१
काठमाडौं(जस)–नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि २९ चैत शुक्रबारमा हुने निर्वाचनका लागि २ वटा छुट्टाछुट्टै समुह बनाएर चुनावी मैदानमा होमीएका छन । दुवै प्यानल प्रचारप्रसारको अन्तिम चरणमा पुगेका छन् । दुबै समुहले बुधबार अन्तिम चुनावी कार्यक्रम सम्पन्न गरे । बुधवार गुरुङ समुहले यति पार्टी प्यालेस र गेलाल समूहले बसुन्धारा ब्याङ्कटमा कार्यक्रम गर्दै आ–आफ्नै समूहले जित्ने दावी गरे । उनीहरुले काठमाण्डौंका विभिन्न स्थानमा शक्ति प्रदर्शन सहित चुनावी सभाहरु निरन्तर गरीरहेका छन् । दुवै समूहले बुधबार आफ्नो अन्तिम चुनावी सभा आयोजना गरेका छन् । बुधबार गेलाल समूहले बसुन्धरा व्याङक्वेटमा र गुरुङ समूहले यति व्याङक्वेट बसुन्धरामा अन्तिम चुनावीसभा आयोजना गरेका छन ।
चुनावमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि स्वतन्त्रसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्ष पदमा उम्मेदवारी दिएका संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भुवनसिंह गुरुङ प्यानलका उम्मेदवारले घरदैलो गरेर प्यानललाई मत मागिरहेका छन् । अध्यक्षका उम्मेदवार गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भूवनसिंह गुरुङले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारसँग छलफल र समन्वय गरेर समस्याको समाधानका लागि दिनरात खटिने प्रतिबद्धता जनाए ।
गुरुङले आफू नेता भएर नभई, व्यवसायीको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि आवरणमा हुने सिन्डिकेटको विरोधमा काम गर्ने पहिलो प्रतिबद्धता रहेकोे बताए । उनले विभिन्न भ्रम छरेर संघको निर्वाचनमा विरोधी प्यानल आएको भन्दै व्यवसायी आफ्नो पेसा व्यवसायका लागि सचेत हुनुपर्ने जिकिर गरे । प्रथम उपाध्यक्षका उम्मेदवार नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगार क्षेत्रमा सिन्डिकेट गतिविधि रोक्न अधिकतम प्रयास गर्ने समूहको लक्ष्य रहेकोे भन्दै व्यवसायीलई घात गर्ने कुनै काम नगर्ने प्रतिबद्धता जनाए । नेपाली दूतावासहरूमा मागपत्र प्रमाणीकरणका लागि पेस भएपछि प्राथमिकता सूचीका आधारमा प्रमाणीकरण हुने व्यवस्थाको सुनिश्चितता गर्ने पनि ढकालले बताए ।
द्वितीय उपाध्यक्षका उम्मेदवार अलर्ट ओभरसिज प्रा.लि.का संचालक देव खोखालीले वैदेशिक रोजगारपीडितका नाममा हुने अराजकताको अन्त्य र व्यवसायी सुरक्षाका लागि काम गर्ने आफ्नो प्रतिबद्धता रहेकोे जनाए । उनले आफुले अहिलेसम्म पनि ब्याबसायिक हकहितमा काम गरिरहेकाले आफुलाई बिजय गराउन आग्रह गरेका छन । तृतीय उपाध्यक्षका उम्मेदवार इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका संचालक हर्क लिम्बूले इमानदार र कर्तव्यनिष्ठ व्यवसायीका समस्या समाधान गर्ने भन्दै सिंगो प्यानललाई मत दिन आग्रह गरे । महासचिवका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेतले व्यवसायीलाई पेसा टेकाउने सुनिश्चितता निर्माण गर्नु वर्तमानको सबैभन्दा महत्त्वपूर्ण विषय रहेकोे बताए । उनले वैदेशिक रोजगारलाई सेवा उद्योगका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै व्यवसाय र व्यवासयी शुद्धीकरण गरी सम्मानित बनाउने, वैदेशिक रोजगार विभागमा बिनाप्रमाणका उजुरी दर्ता रोक्न संयन्त्र बनाउने, व्यवसायीलाई अनावश्यक दुःख दिनेको पहिचानका लागि ब्ल्याकलिस्ट सफ्टवेयर निर्माण गरेर काम गर्ने प्रतिबद्धता जनाए ।
सचिव पदका उम्मेदवार आकृति रिक्रुटिङ प्रा.लि.का संचालक कुन्छा दोर्जे दिम्दोङले व्यवसायीलाई समस्या र आर्थिक भार पार्नेगरी वैदेशिक रोजगार ऐनमा संशोधन गर्न लागिएको अवस्थामा त्यसलाई रोक्न संघको नेतृत्व इमानदार, बलियो र प्रभावकारी हुनुपर्नेमा जोड दिए । उनले व्यवसायीले उम्मेदवारको पहिचान गरेर मतदान गर्न आग्रह गरे । कोषाध्क्षका उम्मेदवार शुभ हारती मेनपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठले विभिन्न स्रोतहरूको खोजी गरी आर्थिक रूपमा संघलाई बलियो बनाउने बताए । उनले आर्थिक कारोबारलाई पारदर्शी बनाई व्यवसायीको लेबीमा मात्र निर्भर नगराई अन्य स्रोतहरूको खोजी गर्ने बताए । कार्यक्रम प्यानलका सदस्यका उम्मेदवारहरूले पनि आ–आफ्नो धारणा र प्रतिबद्धता जनाए ।
यस्तै उक्त समुहको कार्यसमिति सदस्यमा इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य, राज ग्रुप अफ कम्पनीका संचालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रा।.लि.का कैलाश पाठक, ग्लोबल एचआर हब प्रा. लि.की संचालक गीता राउत, युनिभर्स एच. आर.सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा, रिजा ओभरसिज प्रा. लि.की संचालक रेखा शर्मा, इगल म्यानपावर कन्सल्टेन्ट प्रा.लि.का संचालक कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।
उक्त समुहमा मूल निर्वाचन परिचालन समितिका संयोजक तिलकबहादुर रानाभाट, प्रचारप्रसारमा समिति संयोजक किरणकिशोर घिमिरे, संघका पूर्वअध्यक्ष हंशराज वाग्ले, एसोसिएसन अध्यक्ष दीपक थापा, गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च अध्यक्ष धनलाल जैशी, वैदेशिक रोजगार व्यवसायी महिला संघकी अध्यक्ष प्रतिमा महर्जनलगायतले साथ दिएका छन । यता, प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी अख्तर हुसेन तथा सचिव पदका स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले पनि चुनावी अभियानलाई तीव्रता दिएका छन । सचिब सापकोटाले आफुले ब्याबसायिक हकहितका लागीनै उम्मेदवारी दिएकाले बिजयी गराउन आग्रह गरेका छन ।
यता प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको निर्णयविरुद्ध उभिएको फरक समुह र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहको अध्यक्षका उम्मेदवार रहेका मञ्चका पूर्वअध्यक्ष रहेका नरेश गेलाल प्यानलले शनिबार देखि निरन्तर चुनावी सभा र भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन् । अध्यक्षका उम्मेदवार नरेश गेलालले व्यवसायीमा समस्याको छिटो समाधान गर्ने आवश्यकताअनुसार प्रमुख २ घटकको तालमेल र अन्य क्षेत्रीय संस्था तथा व्यवसायीको समर्थनमा आफू चुनावी मैदानमा आएको बताएका छन् ।
संघको वर्तमान कार्यसमितिले व्यवसायीको पक्षमा ऐतिहासिक काम गरेकाले त्यसको निरन्तरताका रूपमा आफ्नो प्यानल आएको भन्दै आफ्नो नेतृत्वले गर्न बाँकी काम संघमा निर्वाचित भएको ३ देखि ६ महिनाभित्र टुंगोमा पु¥याउने गेलाल समुहको प्रतिवद्धता छ । गेलालले आफ्नोे प्यानलको कार्यसमितिले आगामी २ वर्षे अवधिमा संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिमा सहजीकरण जस्ता वर्षौंदेखि थाँती रहेका समस्या समाधान गरेरै छाड्ने भन्दै कुनै दुविधा नराखी प्यानललाई आफ्नो मत प्रदान गर्न आग्रह गरे । संघलाई राजनीतिक खिताचानीबाट मुक्त समस्या समाधान मुखी बनाउने प्रतिबद्धता जनाए । प्रथम उपाध्यक्षका उम्मेदवार सुजितकुमार श्रेष्ठले संख्या सयको समस्या समाधान गरेर व्यवसायीलाई तत्कालै राहत दिनेदेखि जब फेयर गरेर युरोपको श्रम बजारमा नेपाली कामदार पठाउन अवसरको सिर्जना गर्नेसहितका दर्जन बढी योजनामा काम गर्ने बताए ।
दितिय उपाध्यक्षका उम्मेदवार मधुकर रिजालले आफूले ब्याबसायिक हकहितको लागिनै उम्मेदवारी दिएको बताए । तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल वैभवले यसअघि जस्तै कूटनीतिक नियोगहरूसँग समन्वय गरेर व्यवसायीका समस्या समाधान र कामदारको हकहितको संरक्षण गर्ने बताए । महासचिव कर्णराज कटुवालले मागपत्र प्रमाणीकरण संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधान, धरौटीबाट व्यवसायीलाई ब्याज दिलाउनेलगायतका गेलाल प्यानलले जनाएका प्रतिबद्धताअनुसारको काम गर्ने बताए । उनले आफू महासचिवको उम्मेदवार बनेपछि केही व्यवसायी पूर्वाग्रही भएर भ्रमको खेतीमा लागेका भन्दै त्यस्ता भ्रमहरूबाट भ्रमित नहुन आग्रह गरे । सचिवका उम्मेदवार अनिल बोगटीले व्यवसायीलाई सुरक्षित गर्न सिन्डिकेटको विरोधमा नेतृत्व अलमलमा परे खबरदारी आफ्नो प्रमुख एजेन्डा भएको बताए ।
कोषाध्यक्षकी उम्मेदवार धनुमाया सिँजालीले संघलाई नवीन आर्थिक सोचका साथ अघि बढाउने प्रतिबद्धता जनाइन् । कार्यक्रम कार्यसमिति सदस्यका सबै उम्मेदवारले मागपत्र प्रमाणीकरण, संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधानका विषयमा प्रतिबद्धता व्यक्त गरे । गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का संचालक संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा. लि.का संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रालिका संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा. लि.की संचालक धनुमाया सिँजालीले उम्मेदवारी दिएका छन् ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा माउन्टेन ग्रुप प्रा. लि.का संचालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा. लि.का संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा. लि.की संचालक हिमा गुरुङ, रियो ओभरसिज प्रा. लि.की संचालक रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा. लि.का संचालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा. लि.का संचालक कामेश्वर साह राहुल, सिगुल ओभरसिज प्रा.लि.का संचालक छत्र बस्नेत, डेष्टिनी ह्युमन रिसोर्स प्रा. लि.का संचालक युवराज देवकोटा र गल्फ एसिया मेनपावर प्रा. लि.का संचालक राजेश यादवले उम्मेदवारी दिएका छन् । २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ । संघको निर्वाचनका लागि ९०३ प्रतिनिधि दर्ता भएका छन् ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij