मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

मक्र्योर काठमाडौंले सार्वजनिक गर्यो भ्यालेन्टाइन डे अफर

बुधबार, माघ ३० २०८१

काठमाडौ(जस)–उपत्यका र नजिकका हिमालहरूको मनमोहक दृश्यहरूको बीचमा अवस्थित मक्र्योर काठमाडौँले अविस्मरणीय भ्यालेन्टाइन डे मनाउन एक मनमोहक सेटिंग प्रदान गर्ने भएको छ । क्यान्डल लाइट डिनर, रुफटपको घनिष्ठ अनुभव अथवा लक्जरियस ओभरनाइट रिट्रीट, हरेक अनुभवका साथ होटलले प्रेम फैलिने उत्तम वातावरण प्रस्तुत गर्ने जनाएको छ । दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा एक भव्य बुफे डिनरको मज्जा लिन सक्नु हुनेछ भने रातो र सुनौलो रङको आकर्षक सजावट, मैनबत्तीको झिलिमिली र सुन्दर फूलहरूको संयोजनले रोमान्टिक वातावरण सिर्जना गर्ने होटलले जनाएको छ ।
पाहुनाहरूले लाइभ म्युजिकको आनन्द लिँदै स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसँग स्वादिष्ट परिकारहरूको पनि आनन्द लिन सक्नेछन्। मूल्य प्रति जोडी ७,९९९ रुपैयाँ मात्र रहेको होटलले जनाएको छ । एक मनमोहक रुफटप डाइन अनुभवको लागि शुक्र बारले ९० मिनेटका लागि असीमित पास(अराउन्ड स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरूको साथमा एक घनिष्ठ सेटिंग प्रस्तुत समेत हुने छ ।
लाइभ म्युजिकले वातावरणलाई मन्त्रमुग्ध बनाई अति रोमान्टिक वातावरणको सिर्जना गर्नेछ । उक्त रुफटपको मूल्य प्रति जोडी १२,९९९ रुपैयाँ रहेको छ । त्यस्तै, आफ्नो प्रियजनलाई उत्कृष्ट भोजन अनुभवसँगै थप रोमान्टिक ओभरनाइट स्टे पनि दिन विशेष उत्सवमा आराम र लक्जरीको उत्तम समिश्रणको लागि मूल्य प्रति जोडी १७,९९९ रहेको होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार