काठमाडौ(जस)–हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २.३६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ६० करोड २७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १४.९० प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । पुष मसान्तसम्म कम्पनीले २ अर्ब ५० करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा ११.८० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ अर्ब २४ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।