काठमाडौं(जस)–मिस्टर टुरिज्म नेपाल २०२४ का विजेता मिलन भट्टराई आगामी फेब्रुअरी १२, २०२५ मा भियतनाममा आयोजना हुने ८औं मिस्टर टुरिज्म वल्र्ड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्न तयारीमा छन्। गोरखाको भिमसेन थापा गाउंपालिका २ बाट आएका मिलनले फिटनेस र मोडलिङ क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै राष्ट्रिय पहिचान बनाउन सफल भएका छन् ।
यो प्रतियोगिताले विश्वभरका पर्यटन प्रवद्र्धकहरूलाई एकसाथ ल्याउनेछ, जहाँ मिलनको सहभागिताले नेपालको समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ । प्रतिष्ठित प्रतियोगिताको तयारी गर्दै गर्दा, नेपालीहरू उनको समर्थनमा उभिएका छन् र ऐतिहासिक जितको आशा राख्दैछन् । नेपाललाई गौरवान्वित बनाउने मिलन भट्टराईको यात्राका लागि विभिन्न पक्षले शुभकामना प्रदान गरेका छन् ।