मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

मंगलबार, माघ २९ २०८१

काठमाडौं(जस)–सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसै क्रममा सानिमा बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँ स्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।
कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो । बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार