काठमाडौं / गैरआवासीय नेपाली संघको महाधिबेशन एवम् विश्व सम्मेलन यही अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँको होटल हायातमा हुँदैछ । यो सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ । यस अधिवेशनमा आगामी कार्यकालको लागि अष्ट्रेलियामा बसोबास गर्ने समाजसेवी धर्मराज अधिकारीले उम्मेद्वारी दिनुहुने भएको हो ।
नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुग्नुभएका अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा त्यहीँबाट समर्पीत भएर लाग्नुभएको हो । अस्ट्रेलियाबाटै यस अभियानमा पाइला सार्नुभएका उहाँले चुनावी अभियानको क्रममा विभिन्न देशमा गएर माहौल बनाउनुभएको छ । विभिन्न देशमा रहेका नेपालीका सुख दुखसँग साक्षात्कार रहनुभएका अधिकारी समाजसेवी पनि हुनुहुन्छ ।
अधिकारीले नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष सफल बनाउन एनआरएनको भूमिका महत्वपूर्ण बनाउने देखि दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अघि सार्नुभएको छ ।
यस्ता छन्, अधिकारीका प्रतिबद्धताहरु
१. समावेशी र सुदृढ संगठन
२. सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारी
३. नेपाल र नेपाली कला संस्कृतिको प्रवद्र्धन
४. विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि स्वदेशमा हस्तान्तरण
५. समृद्ध नेपालका लागि गैर आवासीय नेपालीको सामूहिक लगानी
६. नेपाली नागरिकताको निरन्तरता
७. विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार