मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

सिटिजन्स बैंकको १९८ औँ शाखा काठमाडौंको पानीपोखरीमा शुभारम्भ

मंगलबार, माघ २९ २०८१

काठमाडौं(जस)–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औँ शाखा काठमाडौंको पानी पोखरीमा संचालनमा ल्याएको छ । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३९ वटा शाखाहरू र वाग्मती प्रदेशमा ५५ वटा शाखाहरू संचालनमा रहेका छन् । पानी पोखरीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका छन् ।
कार्यक्रमलाई संशोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पु¥याउने दृढता व्यक्त गरे । उनले नयाँ शाखाका कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्दै अनुशासित र मर्यादित ढंगबाट काम गर्दै संस्थालाई अझ नयाँ उचाइमा लैजानका लागि प्रेरित गरे । सो अवसरमा बैंक संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट १८ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार