मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा २३ करोड १६ लाख

सोमबार, माघ २८ २०८१

काठमाडौं(जस)–सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीले २३ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ५.४४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १४.९३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ अर्ब ७८ करोड ६९ लाख ४९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । पुष महिनासम्म कम्पनीले ३ अर्ब ११ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १८.७२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ अर्ब ६२ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
नाफासँगै कम्पनीको जीवन बीमाकोषको आकार पनि बढेको छ । गत आवमा जीवन बीमाकोष ११ अर्ब १७ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर १६ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै भएको छ । त्यसैगरी चालू आवमा कम्पनीको कुल आम्दानी समेत २० दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल आम्दानी ३ अर्ब ४० करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
४ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५० करोड ८४ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) ९.३६ रुपैयाँ प्रतिसेयर नेटवर्थ ११४.३८ रुपैयाँ, पीई रेसियो ४४.४७ गुणा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार