मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

आइएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल

आइतबार, माघ २७ २०८१

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल भएको छ ।कम्पनीले पाँचौँ संस्करणको “इमर्जिङ एसिया अवार्डमा” तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड , बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो।

यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यस कार्यक्रमले आई एम ई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ ।
नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आइएमइ लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएको कम्पनीले जनाएको छ ।

साथै उनीसगैँ जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका छन ।कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल(डी.जी.) आइसिसी, अतनु सेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पि डब्लु सि (Global Insurance Leader at PwC) ले विशेष सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार