आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

समृद्ध र वैभवशाली कतार : नागरिकप्रति जिम्मेवार, आप्रवासीप्रति उदार

बुधबार, पुष ३ २०८१

दोहा, कतार । अरब सागरको पश्चिमी समुन्द्री तहमा ११४३७ वर्ग किमी क्षेत्रफलमा फैलिएको पुर्व पश्चिम र उत्तरतर्फ समुन्द्रले घेरेको र दक्षिणी भागमा करीव ६० किमी क्षेत्रफल मात्र जमिनले साउदीसँग जोडीएको मध्य पुर्वको उदयमान राष्ट्र कतार हो । कतारलाई बुझ्नको लागि पुरातन काल देखी ब्रिटिश शासन काल सन १९७१ मा स्वतन्त्र भएपछिको वर्तमान सम्मलाई गम्भिर अध्ययन गर्नु जरुरी छ । स्वतन्त्रतापछिको यो लगभग ५५ बर्षको अवधिमा कतारले आर्थिक रुपमा गरेको राष्ट्रको पुनर्निर्माण, सामाजिक, शैक्षिक, खेलकुद र अन्तराष्ट्रिय सम्बन्धमा गरेको प्रगति तथा विस्तारलाई भने स्वर्ण अक्षरले लेखिने गरि गरेको छ । छोटो अवधिमा कतारले गरेको बिकास र प्रगति साँच्चै नै विश्वलाई नै लोभ लाग्ने गरी गरेको छ । कतार प्रवेसपछी पर्यटक हरुले अनुभब गर्दछन यहाँको बिकास प्रगति वैभव देखेर कतार मरुभुमिको देश भन्दा पनि समुन्द्रको बीचमा रहेको सुन्दर फुलको बगैचाको देश हो भनेर ।
कतार १९७१ सेप्टेम्बर ३ सम्म ब्रिटिश शासनअन्तर्गत थियो ब्रिटेनले गल्फ क्षेत्र छोडेपश्चात कतार स्वतन्त्र भएको हो र २००७ अगाडि सम्म सेप्टेम्बर ३ लाई स्वतन्त्रता दिवसको रुपमा मनाउदै आएको थियो कतारले । २००७ मा वर्तमान अमिर तत्कालिन युवराजले १८ डिसेम्बर लाई राष्ट्रिय दिवस मनाउने घोषणा गरे पछी १८ डिसेम्बरमा १ दिन सवै किसिमका सरकारी तथा गैर सरकारी संस्था हरुमा राष्ट्रिय छुट्टी दिएर भब्य रुपमा यो दिवस मनाउने गरिन्छ । बर्षको बार्है महिना स्वच्छ, सफा र मौसम अनुसारका फुलले सझिने कतारको अर्को बिशेषता भनेको यहाँको सडक वत्तीको लाइटिङको आकर्षण पनि महत्वपूर्ण छ । जसरी अकवरी सुनलाई कसी लगाउन पर्दैन भनेझै चाड पर्व बिशेष गरेर मात्रै सजाउने रङ रोगन गर्ने परिपाटी आम जनमानसमा देखिन्छ । तर, कतारमा त्यस्तो छैन सदावहार रुपमा बजार सडकहरु सफा देखिन्छन भने आकासै छुने जस्ता गगन चुम्वी भवनहरु सुर्यको किरण ओझेल पर्दै जाँदा जसरी गगनमा ताराहरु चम्कन्छन त्यसरिनै यहाँका भवनहरु देखी सडक वत्तीहरु चम्किएर आगन्तुकहरुलाई मन्त्रमुग्द पारीरहेका हुन्छन । इद तथा राष्ट्रिय पर्वहरुले यसमा उत्साह र उमंग थपेको हुन्छ । समग्रमा रास्ट्रिय दिवसलाई कतारले एक विशेष दिवसको रुपमा मनाउने गर्दछ । यस पटक कतारको राष्ट्रिय दिवस अझै धेरै उत्साह उमंग र कौतुहलताको साथ मनाइदैछ । यो रास्ट्रिय दिवस माउँदै गर्दा विश्वको ध्यान कतार केन्द्रित छ कतारको राष्ट्रिय दिवस हरेक वर्ष उत्साहपुर्ण र बिशेष रुपमा मनाइने गरिन्छ ।
कतारको बिकासमा विश्वकपले कोरिदिएको नयाँ बाटो
२ डिसेम्बर २०१० । यस दिनलाई कतार र कतारी जनताले सायदै भुल्नेछन् । विश्वका शक्तिशाली मुलुकहरूलाई पछारेर विश्वकप फुटबल–२०२२ को आयोजकको जिम्मेवारी पाउनु कतार मात्र नभएर समस्त अरब जगत्कै लागि ऐतिहासिक उपलब्धि थियो । सन २०२२ नोभेम्बर १९ मा सुरु भएर २०२२ डिसेम्बर १८ मा समाप्त भएको फुटवलको कुम्भमेला भनेर चिनिने विश्वकपको सफल आयोजना र देशको आधुनिक चौत्रफी बिकासमा कतारले एकै चोटि फड्को मारेको छ । आज विश्व समुदायले कतारलाई मरुभुमिको देश हैन खेल्कुद शान्ती मैत्री र शिक्षाको शहरको रुपमा चिन्दछन । अहिले विश्व नै चकित पर्दै हेरी रहेको छ कतारले बिकासको फड्को यती छोटो अवधिमा कसरी गर्न सक्यो र राष्ट्रिय अन्तरराष्ट्रिय स्टान्डरलाई कसरी वढाएर विस्वकै ध्यान केन्द्रित कसरी गर्न सक्यो भनेर ।
कतारले छोटो समयमा गएरेको बिकास र प्रगतिलाई गगनचुम्वी भवन, नयाँ नयाँ सडक, ब्रिज, लुसेल, पहलकतार जस्ता वस्तिबिकास र २०२२ को विस्वकपका लागि बनेका सुविधा सम्पन्न लोभलाग्दा स्टेडियम र नागरिकको अधिकार शिक्षा स्वास्थ्य तथा आधारभुत आवश्यकता पुर्तिको नागरिकलाई प्रधान गरेको सुविधाले झल्काउंछ । बिकासको चरम उत्कर्षमा पुगेको कतारलाई खाडी मुलुक भनेर सोलोडोलो रुपमा हेर्ने हो भने कतारलाई नबुजेको भनेर बुज्नु पर्दछ । विस देखी तिस बर्षको अवधिमाअबधिमा कतारले बिकासको ठुलो फड्को मारेको मात्रै छैन यसले कुटनैतिक क्षमता देखी खेलकुदको क्षेत्रमा आफुलाई अब्बल राख्न सफल भएको छ । कतारको बिकास निर्माणको कुरा गर्ने हो भने विस देखी तिस बर्षको अवधि त्यती लामो अवधि हैन तर, इच्छाशक्ति र योजनाबद्ध काम गर्न सक्यो भने गर्न सकिदो रहेछ भन्ने प्रमाण हो ।
म कतार प्रवेसगर्दा कतारले २००६ को एसियन खेलकुद आयोजनाको तयारी गर्दै थियो । मलाई याद छ कतार्ले एसियन खेलकुद आयोजना गर्न एक वर्ष वांकि रहँदा कतारको कर्निसमा गरेको आकाश वाजी निकै नै रमाइलो लागेको थियो । मैले जीवनमा पहिलो चोटि नजिक वाट देखेको आकाश वाजी त्यही थियो । त्यती बेला एसियन खेल आयोजना गर्न कतार सक्षम हुन्छ या हुन्न भन्ने दोधारको विच कतारले एसियन गेम अत्यन्त सफलता पुर्वक सम्पन्न गर्यो । एसियन खेलको सफलता बाट उत्साहित कतारले २०२२ मा विश्वकप को सफल आयोजना गरी सुसम्पन्न गर्न सक्षम भयो । कतारलाई विश्वकप गरेर आर्थिकरुपमा नाफा घाटा के भयो यस तर्फ म जान चाहन्न तर देशको पुनर्निर्माण, बिकास तथा कुट्नैतीक माध्यमबाट अब्बल बन्न र विश्वमानचित्रमा कराको नाम रोशन गर्न कतार सक्षम भएको छ ।
अक्सर हलिउडका फिल्ममा देखिने गरेका जिक ज्याक बिल्डिङ, सर्पको जन्जाल झै गरी बनाइएका फ्लाइोभर, तिसँग बाटो घाटोको स्थर उन्नति, ग्रिनजोन, ग्रिनपार्क, पहिलो चालक रहित मनोरेल सन्चालन । सुविधा सम्पन्न हमाद अन्तरराष्ट्रिय बिमास्थलको निर्माण, ७ वटा फुटवल स्टेडियम, लुसेल, पहलकतार जस्ता बस्ती निर्माण, कतारा दफ्ना एरिया जस्ता पर्यटक आकर्शित गर्ने स्थलको निर्माण र मरुभुमिलाई वारैमहिना हरियाली र फुलै फुलको सहरकोरुपमा विकास गर्न सक्नु कतारको सफलता हो । कतारी नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी, संचार, खाध्य जस्ता विभिध पक्षमा सुविधा सन्तुस्ट पार्नु मात्रै हैन देसमा शान्ती अंंमनचयंन स्थापित गरी द्वन्द्धग्रस्त मुलुक हरुमा शान्ती स्थापना गर्न महत्व पूर्ण भूमिका खेल्न सक्नु कतारको सफलता हो । यतिमात्रै हैन कोरानाकाललाई नियाल्ने हो भने औषधी उपचारमा आफ्ना नागरिक र आप्रावासी कामदारलाई समान व्यबहार गर्नु नाकावन्दीको समयमा साउदी बाट जनवर समेत खेदेको अवस्थामा आफुलाई नाकावन्धी लगाउने देशका नागरिकलाई सम्मान पुर्वक कतारमा बस्न आग्रह गर्ने कतार मानवीय दृष्टिकोणले उत्कृष्ट देशको रुपमा स्थापित भएको छ । यि सवै पक्षलाई केन्द्रबिन्दु बनाएर नियालेर हेर्न हो भने भनिन्छ नेपाल विश्को सुन्दरतम देश हो तर, राज्यको सही ब्यबस्थापन गर्न नसकेर देश नागरिकविहिन जस्तै बन्दै गएको छ । कतार मरुभुमिको देश हो तर यसले आफ्नो ब्यबस्थापकिय पक्ष र कानुनी राज्यको पहिचान दिदै गर्दा देशलाई सुन्दर ठाउँको रुपमा बिकास गर्न सक्षम भयो । आज कतारलाई हेरेर हामी सवैले भन्न सक्दछौ देश बनाउन धेरै समय कुर्नु पर्दैन यदी हामीले स्पस्ट निती र कार्यदिशा सहित् देशको अवस्था परिवर्तन गराउन कम्मर कस्ने हो भने देश बनाउने ब्यबस्थाले हैन इच्छाशक्तिले हो भन्ने कुरा कतारले प्रमाणित गराएर देखएको छ ।
आप्रावासी कामदारको हकमा
कतारले आवासिय भिषा लिएर आउने श्रमिक हरुमा देखापरेका समस्या लाई समाधान गर्न श्रम आयात गर्ने मुलुकहरुमै भिसा प्रक्रियाको काम सकियोस् भनेर कतार भिसा सेन्टर (क्यूबीसी) सञ्चालनमा ल्यायो वर्तमान मा यही नितिका कारण काठमाडौंमै आवासीय भिसाका सबै प्रक्रिया पूरा हुन्छन् रोजगारिका लागि उड्नुअघि नै कामदारको हातमा सक्कली करारपत्र पर्छ । आप्रवासीको कतार प्रवेश, फिर्ती र आवाससम्बन्धी सन् २०१५ को कानुन नम्बर २१ लाई सेम्टेम्बर २०१८ थप परिमार्जन गरियो । यस पारीमार्जनले करारपत्र समाप्त भएपछि रोजगारदाता परिवर्तन गर्न सजिलो वनायो कामदारले चाहेका बेला रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था पनि लागू भयो । यस भन्दा अगाडि रोजगारदाता नियत खराव भएमा कामदार रित्तो हात फर्कनुपर्ने बाध्यता थियो । यही अवधिमा आप्रवासी कामदार हरुलाई थप र महत्वपूर्ण सुधार कफला प्रणलिको अन्त्य गरिनु र विना रोक्तोक कामदार हरु स्वदेश फर्कन पाउने ब्यबस्थाले गर्यो ।
त्यस्तै श्रम कानुन लागू हुने कामदारलाई ‘एक्जिट परमिट’ नचाहिने व्यवस्था लागू गर्यो । घरेलु कामदार पनि आफूले चाहेका बेला स्वदेश फिर्न पाउने भए । कतार खाडीमै पहिलो पटक घरेलु कामदारलाई पनि समेटेर २३ मार्च २०२१ मा कामदारको विभेदरहित न्यूनतम तलब तोक्ने ब्यबस्था गर्ने पहिलो राष्ट्रसमेत हो । खाडीमा सबैभन्दा बढी न्यूनतम तलब सुनिश्चित गर्ने देश भयो– कतार । कामदारलाई गर्मीको रापबाट जोगाउनका लागि २६ मे २०२१ मा लागू हुने गरी १ जुनदेखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसो साढे ३ सम्म खुला क्षेत्रमा काममा लगाउन नपाइने नीति जस्ता सुधारको फाइदा प्रत्यक्ष रूपमा कामदारहरूले कतार बिकासको अवधिमा प्राप्त गरेका हुन ।
अन्त्यमा कर्मभुमी कतारको राष्ट्रिय दिवस कतार सरकार कतारी जनता र आप्रावासी हन्रुले आँफैमा गर्व गर्ने बिशेष दिन डिसेम्बर १८ हो । विश्व मानचित्रमा कतारको स्थान उच्च र गर्विलो बनेको छ । कतारले बिश्वलाई स्पस्ट भिजन र ईच्छाशक्ति भएमा धेरै कुरा गर्न सक्ने सकारात्मक सन्देस पनि दिएको छ । कतार विश्वकप सफल भए संगै भिजन २०३० अन्तर्गतको लक्षित योजनामा कर्मभुमी कतार पुगिसकेको अनुमान गर्न सकिछ । अबको बर्षमा कतार लाई पुनर्निर्माण भन्दा पनि खेलकुदको देश, शिक्षाको देश, मेला तथा सेमिनारको देश, समुन्द्रको विचमा रहेको शान्त र सुन्दर पर्यटकहरुको प्रमुख गन्तब्यको देशको रुपमा स्थापित हुन सक्ने छ भन्ने विश्वास गर्दछु । कतारको राष्ट्रिय दिवसको अवसरमा सवैमा हार्दिक शुभकामना ब्यक्त गर्दै यहाँबाट नेपालले धेरै कुरा सिक्नु पर्ने छ । जनसवाल जस्तो लोकप्रिय पत्रिकाबाट कतारको बिकासको सन्देस विश्वभर फैलिन सकोस हार्दिक शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित समाचार