मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

एनसेलमा निःशुल्क यूट्युबका साथै एनपीएल टिकट पाउन सकिने

मंगलबार, मंसिर २५ २०८१

काठमाडौं(जस)–नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु झन–झन उत्साहजनक भइरहेको बेलामा क्रिकेटलाई अझै रोमाञ्चक बनाउन एनसेलले एनपीएल लक्षित फ्यान प्याक प्रदान गरेको छ । यो प्याक लिने ग्राहकहरूले मैदानमा नै गएर क्रिकेटको भरपुर मजा लिन निःशुल्क टिकट प्राप्त गर्ने अवसर पनि पाउँछन् । एनपीएल फ्यान प्याक संचालनमा ल्याएपछि एनसेलले अहिलेसम्म ५०० भन्दा बढी आफ्ना ग्राहकहरुलाई एनपीएल टिकट वितरण गरिसकेको छ । ग्राहकहरूले निःशुल्क युट्युबमा अनलिमिटेड पहुँचमार्फत अनलाइनबाटै पनि एनपीएलका खेलहरू र यसका अपडेट पनि प्राप्त गर्न सक्छन् ।
एनसेलले यूट्युबमा अनलिमिटेड पहुँचको अफर सधैं अनका प्याकहरूमा बन्डल गरेर प्रदान गरेको छ । कर सहित रु ३९९ देखि रु १४९९ सम्मका सबै सधैं अनका प्याकहरुमा ग्राहकले अनलिमिडेट यूट्युबको मजा लिन सक्छन् । यसको मतलब यी प्याक लिने ग्राहकहरुले कुनै थप डेटा शुल्कको चिन्ता नगरी जुनसुकै बेला र जहाँसुकै रोमाञ्चक एनपीएल खेलहरू हेर्न सक्छन् र साथै यूट्युबमाथिको निःशुल्क पहुँचको फाइदा लिन सक्छन् । एनपीएल फ्यान प्याक लिने ग्राहकहरुले एनसेल एपको स्पिन एन्ड विन फिचरमार्फत एनपीएल खेलहरूको टिकट जित्ने मौका पाउँछन् । सहभागी हुनका लागि, ग्राहकहरूले एनसेल एप, एनसेल वेबसाइट, वा ८१२३८९३ डायल गरेर कुनै पनि एनपीएल फ्यान प्याक (डेटा वा भ्वाइस) सजिलै लिन सक्छन् ।
यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएसमार्फत एनसेल एपमा रहेको स्पिन एन्ड वीनमा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु ५० क्यासब्याक (१ दिनको समयसिमा), रु १०० क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउँन सक्छन् । एनसेलले यो रोमाञ्चक अफर सीमित समयका लागि उपलब्ध छ र एनपीएललाई विशेष बनाउनका लागि यो अफर ल्याइएको हो

प्रतिक्रिया
सम्बन्धित समाचार