काठमाडौं(जस)–नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय, नगरकोटबिच छुट सम्झौता भएको छ । सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई रुम चार्जमा १०% सम्म छुट दिइने उल्लेख छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ ।