मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

युनाइटेड सिमेन्ट्सद्वारा तीनमहिने सिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन

मंगलबार, मंसिर १८ २०८१

काठमाडौं(जस)–युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा ५१ जना स्थानिय महिलाहरूका लागि तीन महिने सिलाई–कटाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पु¥याउनु रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरि उप्रेतीले कम्पनीले जहिलेपनि व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकोले, यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पु¥याउने बताए ।
सोही अवसरमा धुनिवेशी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष माधव प्रसाद सिलवालले युनाइटेड सिमेन्ट्स लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो तीन महिने तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार