मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

गुरु ट्राभल्स लिमिटेड र क्रेमिल इन्डस्ट्रिजबीच व्यवसायिक सहकार्य

आइतबार, मंसिर १६ २०८१

काठमाडौं(जस)–गुरू ट्राभल्स लिमिटेड र क्रेमिल इन्डस्ट्रिजबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । क्रेमिल इन्डस्ट्रिजको प्रबन्धक निर्देशक विभूषण शर्मा तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलबाट हस्ताक्षरित सहमतिपत्र आइतबार आयोजित एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरियो । सहमतिपत्रमा उल्लेख भए बमोजिम क्रेमिल इन्डस्ट्रिजका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ ।
यस्तै, गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले आइसक्रिम र टर्किश ट्रिक खरिदमा ८०० रुपैयाँ बराबरको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक अफरहरू प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ । कार्यक्रममा क्रेमिल इन्डस्ट्रिजको प्रबन्धक निर्देशक विभूषण शर्माले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । गुरू ट्राभल्स लिमिटेडका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार