मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

लक्ष्मी सनराइज क्यापिटलको १४औं साधारण सभा सम्पन्न

आइतबार, मंसिर १६ २०८१

काठमाडौं(जस)–लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबारका लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सभा सम्पन्न भएको छ । लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एक आपसमा गाभिएर मिति २०८० पौष २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको थियो । दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी रु.४८ करोड ८ लाख कायम भएको छ ।
वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आव २०८०÷८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आव २०८१÷८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा निर्णय गरिएको संस्थाले जनाएको छ । साथै, मर्जर पश्चात आव २०८०÷८१ को एकीकृत वासलात बमोजिम प्रतिशेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीहरुलाई करिब पौने ८ करोड अर्थात् रु.७ करोड ७१ लाख ९४ हजार ७३६.८० (१५ % कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार