मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

जस्मिन पेन्ट्सको सद्भावना दूतमा पारस खड्का नियुक्त

बुधबार, मंसिर १२ २०८१

काठमाडौं(जस)–नेपाली बजारमा ३१ वर्षदेखि सक्रिय रूपमा सेवा प्रदान गर्दै आएको जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सद्भावना दूतको रूपमा नियुक्त गरेको छ। ‘नेपाली मनको नेपाली रङ्ग’ भन्ने नारासहित नेपाली पेन्ट्स उद्योगमा नम्बर १ स्थान बनाएको यस कम्पनीले आफ्नो उत्पादन प्रवर्द्धन र बजारीकरण विस्तारका लागि खड्कासँग सहकार्य गरेको हो । कम्पनीले खड्कासँगको सहकार्यले खेलकुद क्षेत्रको विकास र युवाहरूको चाहनालाई सम्बोधन गर्दै, नेपाली खेलकुदमा थप योगदान पु¥याउने विश्वास लिएको छ । जस्मिन पेन्ट्सका प्रतिनिधिहरूका अनुसार, ‘यो सहकार्यले हाम्रो उत्पादनलाई स्वदेशमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित गराउने लक्ष्य राखेको छ ।’
यसअघि विभिन्न चर्चित कलाकारहरूसँग सहकार्य गर्दै आएको कम्पनीले यसपटक खेल क्षेत्रमा आधारित सहकार्यलाई प्राथमिकता दिएको छ । ‘खेल र खेलाडीप्रति समर्थन जनाउँदै ग्राहकहरूको विश्वासमा वृद्धि गर्न यो सहकार्य महत्वपूर्ण हुनेछ,ू जस्मिन पेन्ट्सले जनाएको छ । नेपाली बजारमा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको जस्मिन पेन्ट्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ । नवीनतम प्रविधिको प्रयोग र उच्च गुणस्तरलाई प्राथमिकतामा राख्दै, कम्पनीले २१ औँ शताब्दीका चुनौतीहरूलाई सामना गर्न प्रतिबद्ध रहेको जनाएको छ । ारस खड्कासँग गरिएको सहकार्यले नेपाली खेलप्रेमीहरूको भावना र इच्छालाई प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ । जस्मिन पेन्ट्सले यसले आफ्नो उत्पादनको बजारीकरणमा थप प्रभावकारी परिणाम ल्याउने अपेक्षा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार