बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

कामना सेवा विकास बैंकद्वारा मठमन्दिर तथा पार्क सरसफाई

बिहिबार, कार्तिक २२ २०८१

काठमाडौं(जस)–कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै,कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाई र संरक्षणका लागि देशव्यापी रुपमा मठमन्दिर, पार्क सरसफाई साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।
‘साँस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रा कर्तव्य हो’भन्ने बोध गर्दै,कामना सेवा विकास बैंकले विभिन्न मन्दिर क्षेत्रको बाह्य सफाई तथा मन्दिर परिसरमा भएका अव्यवस्थित वस्तुहरू हटाउने कार्य सम्पन्न गरेको जनाएको छ । उक्त कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु,क्षेत्रीय प्रमुखहरु तथा अन्य कर्मचारीको बाक्लो उपस्थिती रहेको थियो । बैंकले यस कार्यमार्फत धार्मिक स्थलहरूको दिगो र दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट