बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

एनआइसी एशिया क्यापिटलद्वारा ‘अफर फर सेल प्लेटफर्म’ सञ्चालनमा

मंगलबार, कार्तिक १३ २०८१

काठमाडौं(जस)–एनआईसी एशिया क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सुचिकृत भएका तथा सूचिकृतका शेयरहरुको खरिद विक्रीका लागि अफर फर सेल प्लेटफर्म’ सञ्चालनमा ल्याएको छ । सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा नेपालमा सूचिकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री गर्न निकै नै कानूनी प्रकृयाहरु पुरा गराउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।
त्यसै गरी सूचिकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको शेयर समेत कारोवर गर्न निकै झन्झटिलो प्रकृया रहेको छ । त्यसका लागि लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको छ । संस्थापक शेयर खरिद बिक्रीको लागि वान स्टप सोलुसन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एन आईसी एशिया क्यापिटलले ‘अफर फर सेल प्लेटफर्म’ ( अएफएस) सञ्चालनमा ल्याएको हो ।
संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईन मार्फत कमन प्लेटफर्मबाट आफुले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपुर्वक क्यापिटलको वेभसाईट मार्फत उपलब्ध गराउनु पर्ने छ । उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजि प्रचलित नियम कानुन अनुसार शेयर नामसारी सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट